बागमती प्रदेश

हाई लाईटस

परिचय

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बाग्मती प्रदेश अन्तर्गत रहेको  प्रादेशिक कार्यालय, काठमाडौँमा यहाँलाई हार्दिक स्वागत छ! हाम्रा ग्राहकहरूको विविध आवश्यकताहरू पूरा गर्न गुणस्तरीय उत्पादनहरू र  सेवाहरू प्रदान गर्न प्रतिबद्ध  साथै खाद्यबस्तुको सहज आपूर्तिमा आफूलाई एक अग्रणी सरकारी संस्थाको रूपमा परिचय गराउन पाउँदा हामी खुसी छौं। बाग्मती प्रादेशिक कार्यालय  खाद्य उत्पादनहरूको सहज व्यवस्थापन र आपूर्ति सुनिश्चित गर्न समर्पित छ,खरिद, प्रशोधन, ताजा र प्याकेज गरिएका खाद्य वस्तुहरूको बिक्रि वितरणमा केन्द्रित छ। हामी खाद्य सुरक्षाको महत्त्व बुझ्छौं र समुदायको समग्र कल्याणमा योगदान दिन प्रयासरत छौं ।
हामी काठमाडौं र बाहिरका समुदायलाई सेवा गर्न पाउँदा गर्व गर्छौं, र हामी तपाईंको खाद्य लगायत वस्तुको व्यवस्थापन र व्यापार आवश्यकताहरू पूरा गर्न तपाईंसँग काम गर्न तत्पर छौं। हाम्रो प्रादेशिक कार्यालय भ्रमण गर्न नहिचकिचाउनुहोस् साथै हाम्रो कम्पनी र हामीले प्रदान गर्ने सेवाहरूको बारेमा थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नु होला।

प्रादेशिक कार्यालय, थापाथली, काठमाडौं अन्तर्गत रहेका काठमाडौं उपत्यका भित्र अवस्थित आउटलेटहरू निम्न बमोजिम रहेका छन:-
१. प्रादेशिक कार्यालय, थापाथली, काठमाडौं
२. नख्खु, ललितपुर
३. रामशाहपथ, सिंहदरबारको पश्चिम गेट नजिक, काठमाडौं

४. सूर्यविनायक, भक्तपुर

मूल्य सूची Download

क्र.सं खाद्यवस्तु मूल्य (रू.)
चिनी १०५/केजी
सोना मन्सुली चामल (नयाँ) ६८/केजी
उवा १८०/केजी
लंग ग्रेन चामल १७८/केजी
हुम्लाको कागुनोको चामल २६०/केजी
हुम्लाको चिनोको चामल २६०/केजी
काला नुनिया चामल(काला नमक) १५०/केजी
जुम्ली मर्सी चामल २३०/केजी
सिमी २४०/केजी
१० चिउरा १००/केजी
११ STC ग्यास सिलिण्डर सहित ४४२५/सिलिण्डर
१२ नुन २६/केजी
१३ STC ग्यास १९१०/सिलिण्डर
१४ बासमती चामल १३५/केजी
१५ स्टिम जिरा मसिनो चामल ८५/केजी
१६ घ्यू ११६०/लि.
अपडेट मिति: 2024-07-21 06:17:49
शाखा सूचनाहरू
सूचना अधिकारी
श्री ज्ञानु थापा
फोन: 9851300565
इमेल: nfc.thapathali@gmail.com
सम्पर्क
प्रा.का. काठमाडौँ

थापाथली, काठमाडौँ


फोन: 015228365
इमेल: nfc.thapathali@gmail.com
प्रतिक्रिया/सुझाव
flag
कार्यालयको नक्शा